Before Header
After Navigation

बालबालिका र युवाहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

डोटीको जोरायल गाउँपालिकामा बालबालिका र युवाहरुकालागि सञ्चालित तिन दिने क्षमता अभिवृद्धि तालिम मङ्गलवार सम्पन्न भएको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालले माघ ९ गते आइतबार देखी सञ्चालन गरेको तालिमको एक कार्यक्रमका बिच समापन भएको हो ।

तालिम समापन सत्रमा बोल्दै तालिमका सहभागी लाल बहादुर नेपालीले तालिमबाट योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थ  पूर्ण सहभागिताका बारेमा प्रस्ट भएको भन्दै पालिकाले आगामी दिनमा बालबालिका र युवाहरुकालागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए ।

Sagan sahari bhawan nirman aayojana

समापन सत्रमा बोल्दै जोरायल गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख तेज बहादुर खत्रीले गाउँपालिकाले युवा तथा बालबालिकाहरूका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउँदै बालबालिकाको माग अनुसार परिमार्जन गर्दै लैजाने बताए । आगामी दिनमा पालिकाले युवा तथा बालबालिकाहरूको लागि थप बजेटको व्यवस्था गरी परिचालन गरिने भन्दै उनले बालबालिका र युवाहरूलाई समन्वयमा रहेर काम गरेमा प्रभावकारिता बढ्ने बताए । शाखा प्रमुख खत्रीले जोरायल गाउँपालिकामा तालिमको आयोजना गरेकोमा आयोजक र सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरे ।

बास नेपालले बाल संरक्षण तथा जोखिम पूर्ण सञ्चार कार्यक्रम अन्तरगत गर्ने क्रियाकलापहरूको बारेमा परियोजना संयोजक हेम राज भट्टले जानकारी दिएका थिए ।

तिन दिन सम्म सञ्चालन भएको तालिममा बाल अधिकार, लैङ्गिक हिंसा न्यूनीकरण, बाल समूह सञ्जाल गठन, योजना निर्माण प्रक्रिया लगायतका विषयमा प्रशिक्षण गरिएको थियो । तालिमको समापन कार्यक्रमको सञ्चालन बासका कार्यक्रम अधिकृत गणेश मौनीले गरेका थिए । तालिममा वडा स्तरीय बाल क्लब, पालिका स्तरीय बाल क्लब सञ्जाल र युवा क्लबका गरी ३२ जना युवाहरूको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...