माघ १६ को पर्खाईमा बिद्यार्थीहरु : खुल्लान् त विद्यालय !

रामहरि ओझा
१३ माघ, डोटी
डोटी जिल्ला सदरमुकाम सिलगढीमा रहेको पद्म पव्लिकमुक्तीनारायण माबिमाअध्ययनरत ईन्दु विष्ट अचेल फुर्सदमाछिन् । कानुन सङ्कायतर्फ कक्षा ११ मा पढ्दै गरेकी उनी सरकारले पुस २७ गतेदेखि बिद्यालय बन्द गरेपछि फुर्सदमा छिन् । ‘घरायसी काममा सघायो, अनि किताव पढ्यो’ उनी भन्छिन् ‘घरमा पढेर बुझ्न सकिरहेकी छैन ।’
कानूनबिषय अरु बिषयभन्दानौलो भएकोले ईन्दु आफ्नो पढाई प्रति बढी चिन्तित छिन् । ‘युटुवमा खोजेर भिडियो सुन्ने गर्छु’ उनी भन्छिन् ‘क्लासमातबुझिन्थ्यो, आफै पढेर कत्ति बुझिन्न ।’ उनी १६ गते विद्यालय खुल्छ कि भन्ने आशमा छिन् । उनी भन्छिन् ‘बरु अनलाइन कक्षा सञ्चालन गरिदिए पनि हुन्थ्यो ।’
दिपायल सिलगढी नगरपालिका–४ दिपायलमा रहेको अमरज्योति बिद्यालयमा कक्षा १० माअध्ययनरत छात्रा दिक्षा महरा पनि १५ गते बिद्यालयखुल्ने आशमा छिन् । बिद्यालय शिक्षा परीक्षा ९एसईई० बिग्रिने चिन्तामा रहेकी दिक्षा भौतिक उपस्थितिमा नभए बैकल्पिक माध्यमबाटै पढाई हुनु पर्ने माग राख्छिन् । ‘मन लागेको बेलाकिताव हेर्छु, घरायसीकाम गर्छु’ दिक्षा भन्छिन् ‘विद्यालय छिटो खुल्ने आशमा छु ।’

केआई सिंह गाउँपालिकामा रहेको झिमेमालिकामाबिमाकक्षा १० माअध्ययनरत छात्र मोहनजोशीपनिबिद्यालय छिटो खुलिदिवस् भन्ने चाहान्छन् । ‘महामारी बढेको सुनिन्छ समाचारमा, खै खुल्न त मुस्किलै लाग्छ’ मोहन भन्छन् ‘तर पनि खुलिहाल्छ कि भन्ने आशा राखेको छु ।’ आफुले घरमा पढाई गरिरहेको भएपनिबिद्यालयमाशिक्षकले पढाएको जस्तो गरि नबुझिएको मोहन बताउँछन् । उनी भन्छन् ‘शिक्षकहरुको सहयोग बिना सजिलै बुझ्न सकिन्न ।’ भर्चुअलकक्षा सञ्चालनगर्न पनिगाउँतिर सम्भवनभएको मोहनको बुझाई छ ।
पद्म पव्लिकमाबिमै कक्षा ११माअध्ययनरत अर्का बिद्यार्थी शंकर बोगटी भने विद्यालय छिट्टै खुल्ने छाँट देख्दैनन् । ‘संक्रिमितको संख्या बढेकै छ, यस्तै हो भने चैत्रसम्मपनिबिद्यालयखुल्ला जस्तो लाग्दैन’शंकर भन्छन् ‘भौतिकउपस्थितिमै कक्षा सञ्चालनहोला जस्तो लाग्दैन, बरु अनलाइन कक्षा सञ्चालनगरिदिएको भए राम्रो हुने थियो ।’ आफ्नो पढाईप्रतिचिन्तितउनी घरमा रुटिन् बनाएरै पढाई त गरिरहेका छन् तर बुझन् सहिरहेका छैनन् । उनी भन्छन् ‘दैनिकचार घण्टा जति पढ्ने गरेको छु, बाँकी समय गाईबस्तु चराउने, घरायसी काममा सहयोग गर्ने गरेरै बितिरहेको छ ।’
बढीकेदार गाउँपालिका–४ मा रहेको बिष्णु माबिमाअध्ययनरत छात्रा दिपाहमाल १५ गतेको पखाईमा छिन् । ‘१५ गते बिद्यालयखुल्ने भनेका छन्, सायद खुल्छ कि’दिपा भन्छिन् ‘खुलेन भने त हाम्रो पढाई बर्वाद हुन्छ ।’ समाचारमा संक्रमितहरुको संख्यादिनहुँ बढ्दै गएको सुनेपछि उनलाई पनिबिद्यालयखुल्दैन कि भन्ने चिन्ता छ ।’ बिद्यालयबन्द भएपछि पढाई भन्दा घरायसी काममा बढी समय दिईरहेकीदिपादुर्गम गाउँमाअनलाईन कक्षाको सम्भावनापनि देख्दिनन् । उनी थप्छिन् ‘पढाई नै नभएपछि कसरी पास हुने भन्ने चिन्ता छ ।’
शिखर नगरपालिका–९किहिमानी रोस्यारालाई बिद्यालयकहिले खुल्छ भन्ने थाह छैन । स्थानीयसिताराममाबिमाकक्षा ९ मा पढदै गरेकीउनीबिद्यालय छिटो खुलिदिएहुन्थ्यो भन्ने चाहाना राख्छिन् । बिद्यालयबन्द भएपछि खेल्न र पढ्नमाउत्तिकै समय बिताईरहेकीहिमानी घरमाआफैले पढेर नबुझिने गरेको वताउँछिन् । हिमानी भन्छिन् ‘सरहरुले पढाएको राम्रोसंग बुझिन्छ, त्यसैले विद्यालय छिटो खुलिदिएहुन्थ्यो ।’
दिपायल सिलगढी नगरपालिका–९ किशारदा कुमाललाई पनिआफ्नो पढाईप्रतिनिकै चिन्ता छ । बिद्यालयबन्द भएपछि घरायसी काममा समय बिताउने गरेकीशारदा फुर्सदको बेलामात्रै पढ्दै छिन् । कानुन संकायमाकक्षा ११ पढ्दै गरेकी उनी भन्छिन् ‘सुन्दै नसुनेकाशव्दहरु छन्, आफै पढेर त बुझ्नै सकिदैन ।’ पढाई नभएरै परीक्षाभयो भने के लेख्ने होलाभन्ने चिन्तामा रहेकीउनी बैकल्पिक बिधिबाट भएपनिकक्षानिरन्तर गर्नु पर्ने वताउँछिन् ।
