डोटीमा मास्क लगाऊ अभियान सञ्चालन

तेजु ओली, डोटी
डोटीमा मास्कको सही प्रयोग गर्न र गराउनको लागि जिल्ला प्रशासन कार्यालय डोटीले मास्क लगाऊ अभियान सञ्चालन गरेको छ । कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड पालनामा स्थानीय वासीले लापरबाही गरेको भन्दै प्रमुख व्यापारिक केन्द्र दिपायलमा आयोजना गरिएको अभियानमा मास्क नभएकाहरूलाई मास्क वितरण गरिएको छ । अभियानको संयोजन तथा समन्वय र स्वास्थ्य सामाग्री सहयोग वास नेपालले गरेको हो ।

बिहिवार दिपायलमा प्रमुख जिल्ला अधिकारी शङ्कर विष्ट लगायतको टोलीले अनुगमन गरेको छ । सार्वजनिक स्थल, सार्वजनिक यातायातमा, होटेल तथा पसलहरूमा स्थानीयले मास्क प्रयोग गरे नगरेको हेर्दै मास्क अनिवार्य लगाउन निर्देशन दिइएको छ । जिल्लामा भाइरसको नयाँ प्रजाति ओमिक्रोन भेटिएको र दिन प्रति दिन करोना भाइरस बढ्दै गएकाले आफ्नो सुरक्षा आफै गर्न र यसो नगरे कारबाही गरिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दान बहादुर मल्लले बताउनुभयो ।

Sayalb

करोनाको सङ्क्रमण दर जिल्लामा बढ्दै गएता पनि दिपायल पिपल्लामा मानिसको आवत–जावत बाक्लिएको छ । सावरी साधनमा, होटेल रेस्टुरेन्टमा भिडभाड बढेको छ । यद्यपि, जनस्वास्थ्यका मापदण्डको पालना भएको भने पाइँदैन । करोना भाइरसको नियन्त्रणमा मास्कको महत्त्वपूर्ण भूमिका रहन्छ । नागरिकहरूले जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचक्र्याइँ गरेमा सङ्क्रमण दर बढ्ने वास नेपाल डोटी शाखा अध्यक्ष गणेश मौनीले बताउनुभयो । सबैले सरकारले अवलम्बन गरेका मापदण्ड अपनाउनु पर्ने उहाँको भनाई छ ।

अभियानमा १२ सय मास्क, २ सय वटा मास्क बिना सेवा निषेध दिने सन्देशमूलक स्टिकर, १२ फ्ल्यास प्रिन्ट, ३० वटा मास्क खै भएको लोगो वितरण गरिएको हो ।

Shaileshwori
Loading...