
नारद नेपाली, डोटी
डोटीको जोरायल गाउँपालीका वडा नम्बर ३ र ४ का सुशासन पाठशाला समूह र जनप्रतिनिधिहरू बिच सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको सहयोगमा डिसिय र सम विकास केन्द्र ईडिसिको साझेदारीमा संञ्चालित परिवर्तन परियोजनाले कार्यक्रमको आयोजना गरेको हो ।

सुशासन पठसालाका सहभागी बिच स्थानीय शासनमा नागरिक सहभागिता, वडाले प्रदान गर्ने सेवा सुविधा तथा परियोजनाले संञ्चान गरेका गतिविधिको बारेमा सिकाई आदान प्रदान गरिएको परियोजनाका सामाजिक विकास अधिकृत टेक वाहादुर नेपालीले जानकारी दिए । त्यस्तै पाठशालामा नयाँ सहभागी तथा स्थान छनौट र नयाँ पाठशाला कक्षा हुने स्थान समेत तेकिएको उनले बताए ।
परिवर्तन परियोजना लागू भए संगै शठपालामा बसेका महिलाहरूले नेपाल सकारको कानुन, विभिन्न हक अधिकार, लैङ्गिक अधिकार, शुसासा लगायत धेरै बिषय बस्तुका बारेमा बुझेको जोरायल गाउँ पालिमका वडा नम्बर ४ का अध्यक्ष नन्दराज भट्टले बताए । जसका कारण आफूलाई काम गर्न सहज भएको र अब वडाका छुटेका अन्य ठाउँहरूमा पनि कार्यक्रम लागू हनु पर्ने उनले बताए ।
