सामुदायिक शिशु स्याहार केन्द्रको सामाजिक परिक्षण समपन्न

डोटी- सम विकास केन्द्र (ईडिसी) डोटी, डिसिए नेपाल, युरोपियन युनियन र केआई सिंह गाउँपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण गरिएको शिशु स्याहार केन्द्रको सामाजिक परिक्षण गरिएको ईडीसी नेपालका सुचना अधिकारी पदम मिजारले जानकारी दिनुभयो।

के आई सिंह गाउँपालिका वडा नम्वर चारमा उक्त भवनको निर्माण गरिएको छ। आर्थिक रुपले विपन्न तथा ज्याला मजदुरि गरि दैनिकी गुजारा गर्ने समुदायका महिलाहरूले आफ्ना शिशुलाई सामुदायिक शिशु स्याहार केन्द्रमा राखेर आफ्नु काममा जान सक्ने मिजारले बताउनु भयो।

Sayalb

परिवर्तन परियोजना पालिकामा लागू भए देखि महिलाहरुको क्षमता विकास,विभिन्न समुह बनाउने, योजना निर्माण कसरि गर्ने भनी अभिमुखिकरण कार्यक्रम गरेको थियो ।
सोहि बमोजिम महिला समुहहरुको पहलले उक्त भवन निर्माण गरिएको हो। शिशु स्याहार केन्द्र निर्माणको लागि पालिका बाट चार लाख, ईडिसी र डिसिए नेपालबाट आठ लाख गरि १४ लाख बढी आर्थिक सहयोगबाट भवन निर्माण गरिएको हो।

Shaileshwori
Bolpatra
Loading...