
डोटी- सम विकास केन्द्र (ईडिसी) डोटी द्वारा संचालन हुने पहुँच परियोजना जिल्लाको दुई स्थानीय तहमा लागु हुने भएको छ । डिसिएको आर्थिक सहयोगमा उक्त परियोजना शिखर नगरपालिकाको वडा नम्बर ५,६,७,८,९,१० र ११, के आई सिंह गाउँपालिकाको वडा नम्बर १,२ र ३ मा लागु हुने कार्यक्रम संयोजक रमेस भुलले जानकारी दिनुभयो ।

महिला तथा सिमान्तकृत समुदायका ब्यक्तिहरुको क्षमता विकास, सीप विकास, प्रबिधि सम्बन्धि ज्ञान, नागरिक सचेतना, जलवायु परिवर्तन सचेतता अभियान लगायतका क्षेत्रमा परियोजनाले काम गर्ने संयोजक भुलले बताउनु भयो।
जनवरी एक बाट लागू हुने उक्त कार्यक्रम पाँच बर्ष सम्म लागू हुने बताईएको छ । कार्यक्रम लागु क्षेत्रका वडाहरुमा समिति गठन गरि समिति मार्फत समुदायमा काम गर्ने भएको छ।
