

जोरायल गाउँपालिका वडा नं. १ गोगनपानीमा एक बालक मृत अबस्थामा फेला परेका छन् । बिवाहबाट फर्किएका डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. १ भुसुका १६ बर्षिय बालक भानु नाथ मृत अवस्थमा फेला परेका हुन ।
२३ गते राती बिहेमा फर्किएका नाथ आज गोगनपानी सडक नजिकै मृत अबस्थामा भेटिएका हुन । घटना बारे जानकारी पाए पछि जिल्ला प्रहरी कार्यालय डोटीको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय डोटीको टोली त्यस तर्फ गएको सह–प्रबक्ता रबिन्द्र चन्दले जानकारी दिनु भएको छ ।
बिवाहमा गएका बालक मृत अबस्थामा भेटिए पछि स्थानीयले सडक अबरुद्ध पारेका छन् । बाटो अबरुद्ध हुँदा आवतजावत गर्ने यात्रुहरुलाई समस्या भएको यात्रु अन्जीता श्रेष्ठले बताईन् । लामो तथा छोटो दुरीका यातायातका साधनहरु प्रभाबित भएका छन् ।
