बुडरमा ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु

Sayalb

डोटी : जोरायल गाउँपालिका–२ छतिवन बुडर बजार नजिकै पानी बोक्ने ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुडर–जोरायल सडकमा पानी बोक्ने से १ क २१ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा जोरायल गाउँपालिका–२ छतिवन बुडरका ४२ बर्षिय तारा ऐरको मृत्यु भएको पत्रकार शिब ओलीले जानकारी दिनु भएको छ । बिहिबार राती करिब ११ बजे तिर दुर्घटना भएको भए पनि शुक्रबार बिहान मात्रै स्थानीयले जानकारी भएका हुन ।  बुडरबाट छतिवन घरमा जानका लागी ट्याङ्करमा सवार ऐर बिद्युत प्राधिकरणको कार्यालय नजिकै ट्याङ्कर दुर्घटना हुँदा मृत्यु भएको हो । चालक नबिन ऐर भने फराहर रहेका छन् । घटनास्थलबा अहिले शब उठाउने तयारी भइरहेको छ ।

Shaileshwori
Loading...