सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

नारद नेपाली, डोटी
महिला शक्ति विकास केन्द्र नेपाल काठमाडौँको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ रातोलिमा कार्यक्रम सम्पन्न भएको हो । नेतृत्व सीप विकास परियोजनाद्वारा सञ्चालित परियोजनाले ग्रामीण भेगमा रहेका महिलाहरूको हकहितको लागि कार्य गरिरहेको छ ।

सामाजिक, आर्थिक, राजनीतिमा महिलाको क्षमता अभिवृद्धि गर्ने, महिला हिंसा अन्त्य गर्ने उद्देश्य सहित सुशासनको क्षेत्रमा पनि काम गर्दै आएको संस्थाका प्रदेश संयोजक तारा खातिले बत्ताइन् । सोही अन्तर्गत दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का महिलाहरूको क्षमता विकासका लागि १६ ओटा समूह गठन गरी काम गरी रहेको पनि उनले बतार्ईन् ।

Sayalb

महिलाको क्षेत्रमा संस्थाले कार्य गर्न थालेपछि आफूहरूमा परिवर्तन आउनुका साथै आयआर्जनमा पनि राहत भएको विभिन्न समूहका प्रतिनिधिहरूले बताए । ऋण लिँदा ३ प्रतिशत ब्याज तिर्नुपर्ने समस्याको समाधान भएको साथी गाउँ महिला समूहका अध्यक्ष विनीता महरा विष्टले बत्ताइन् । उनले भनिन्, केही संस्थाको सहयोगमा अहिले महिला एकबद्ध भई समूह बाट बचत गरेर ऋण लगानी गर्न सहज भएको छ ।

समाजका महिलाहरूमा यति परिवर्तन आउनु एक चरणको मानवीय विकास भएको वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण विष्टले बताए । अझै पछाडि पारिएका समुदाय तथा महिलाहरूको विकासका लागि सधैँ सहयोग गर्ने उनले बताए । कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख, प्रहरी, विभिन्न संस्थाका प्रतिनिधि पत्रकार लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार झलक पालिले गरेका थिए ।

Shaileshwori
Loading...