डोटीमा जनप्रतिनिधि र एकल महिलाहरू साना व्यवसाय गर्दै

गणेश मौनी, डोटी

मानव अधिकारको लागि महिला एकल महिला समूह डोटीले डोटीका दुई पालिकाका जनप्रतिनिधि र एकल महिलाहरूलाई व्यवसायी रूपमा उद्यम गर्न सहयोग गरे पश्चात् साना व्यवसायतर्फ उन्मुख भएका छन् । सीमान्तकृत महिलाहरूको आवाज तथा सहभागिता परियोजना अन्तर्गत महिलाहरूको आयआर्जन सहयोग पुग्नुका साथै राजनीतिक क्षेत्रमा पनि सहयोग होस भन्ने उद्देश्यले व्यवसाय गर्न महिलाहरूलाई सहयोग गरेको परियोजना अधिकृत लक्ष्मी देउवा बमले बताइन । उनले भनीनहरेक महिलाहरूको राजनीतिमा सहज पहुचहोस भन्ने हेतुले सहयोग गरेको र सबैले व्यवसाय सुरु गरेको बताइन् ।

मङ्गलवार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको व्यवसायी महिलाहरूलाई पुर्नताजकिय छलफल कार्यक्रममा सहभागी महिलाहरूले आफूहरूले कुनै न कुनै व्यवसाय गर्दै आइरहेको बताए । संस्थाबाट सहयोग पाउँदा आफूलाई व्यवसाय गर्न  सहयोग मीलेको एकल महिलाको समूहमा आबद्ध रहेकी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ की कलापती देवी दमाईले बताइन् । उनले भनिन मैले ३ वटा बङ्गुर किनेर बङ्गुर पालन सुरु गरेको छु आगामी दिनमा बढाउँदै लैजाने बताइन् ।

Sayalb

उनी मात्र होइनन् अनुदान पाएका सबैले कुनैन कुनै ब्यववाय गरिरहेका छन् । संस्थाबाट पाएको पैसाले २ वटा ब्याउने बाख्रा पालन गरिरहेको पुर्विचौकी गाउँपालिका २ कीधौली देवी ठकुल्लाले बताइन् । उनी मात्र होइनन् कार्यक्रममा सहभागी पुर्विचौकी गाउँपालिका वडा नम्बर ३ की देवी खड्काले संस्थाबाट अनुदान पाएको पैसाले आफूले व्यवसायी रूपमा तरकारी खेती गरी हाल सम्म करिब २५ हजार भन्दा बढीको बिक्री गरी सकेको समेत बताइन् । उनले आगामी दिनमा निरन्तरता दिने समेत बताइन् ।

आफूले पाएको अनुदानबाट क्यान्टिन चलाउँदै आएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ कीधौली देवी कठयताले बताइन् । उनले क्यान्टिनबाट राम्रै आम्दानीभईरहेको समेत बताइन् । संस्थाबाट नगद अनुदान पाएका जन प्रतिनीधीहरु र एकल महिलाहरुले विभिन्न ब्यवसाय गर्दै आईरहेका छन् कसैले बाख्रा पालन, कसैले कुखुरा पालन, कसैले बंगुरपालन, तरकारी खेती, कसैले भैसीपालन र कसैले किराना ब्यापार गरेको देखिन्छ ।

तिन महिना पहीले डोटीको दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिका की  २० जना जनप्रतिनिधि महिलालाई रु ३० हजारका दरले र २९जना एकल महिलालाई रु २० हजारका दरले अनुदान सहयोग गरेको मानब अधिकारको लागि महिला एकल महिला समुह डोटीले जनाएको छ ।

Shaileshwori
Loading...