
तेजु ओली, डोटी
डोटीमा जीवन उपयोगी सीप र आत्मरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालीम सुरु भएको छ । आज देखि सुरु भएको तालिम चार दिन सम्म सञ्चालन हुने छ । समान पहुँच विकास केन्द्र सिड नेपाल डोटीको आयोजना र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग दुई वटा स्थानीय तहका किशोर किशोरी, संस्थाका कर्मचारीलाई चार दिने तालीमको आयोजना गरिएको हो ।

जिल्लाको आदर्श गाँउपालीका र पुर्बीचौकी गाउँपालिकाका २० जना किशोर किशोरी, बालबालिकालाई तालीममा सहभागी गराइएको छ । अहिले २० जनतालाई तालिम दिएर पछि परियोजना लागु भएका अन्य बालबालिकालाई तालिम दिने संस्थाले जनाएको छ । तालीम प्राप्त किशोर किशोरीले यौन तथा प्रजनन स्वास्थ्य अधिकार, जीवन उपयोगी सीप, नागरिक सहभागिता, आत्मरक्षा सम्बन्धी कक्षाहरू दिने प्रशिक्षक मन्दिप सोरीले बताउनुभयो। अर्कातिर, समाजमा विद्यमान गलत धारणा, परम्परा, मूल्यमान्यता र सोचाइले किशोर किशोरीको समग्र विकासमा असर पुर्याई रहेको पाइएको छ ।
यिनै चुनौतीहरूलाई मध्यनजर गरी किशोर किशोरीको समग्र विकासका निम्ति आवश्यक सवालहरूलाई सम्बोधन गर्दै उनीहरूको अधिकारको संरक्षण र संवर्द्धनका लागि तालीमको आयोजना गरिएको स्पोन्सरसिप फिल्ड कोडिनेटर गांगी बलाएरले बताए । एउटा स्थानीय तहबाट ३ जना किशोर किशोरी सहभागी भएको बताउँदै बलाएरले सहभागीले अन्य किशोरी किशोरीले यस्तै तालीम समुदायमा गएर दिने बताए ।
किशोर किशोरीहरूको शारीरिक र मानसिक परिवर्तन सँगै जीवनमा आउने विभिन्न संवेगहरू नियन्त्रण गर्न र जीवन एवं समाजलाई रूपान्तरण गर्ने सीप सिकाउने उद्देश्य रहेको बताइएको छ । तालीममा जीवन उपयोगी सीपका विभिन्न प्रयोगात्मक, अभिनय, खेल विधि, सहकार्य, प्रशिक्षण आदि बिधीहरूद्वारा सहभागीलाई प्रशिक्षण सुरु गरिएको छ ।
