
नारद नेपाली, डोटी
नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले पुर्विचौकि गाउँपालिका कमिटी डोटीको बिस्तार बैठक सम्पन्न भएको छ । पालिका कमिटीको आयोजनामा कमिटीको विस्तारित बैठक आज गाउँपालिका को सानागाउमा पहिलो अगुवा कार्यकर्ता भेला कार्यक्रम सञ्चालन गरेको हो। आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा नतिजा आफ्नो पक्षमा ल्याउन अन्य पार्टी भन्दा एमालेको एजेन्डा के भन्ने विषयमा छलफल गरिएको थियो ।

समयमै ईमान्दार भएर स्वार्थीहरूको चिन्तन हटाउन आम जनताको सामु जानू पर्ने बताउँदै पार्टी वृद्ध महिला, दलित असहाय र पछाडि परिएको समुदायको साथमा रहेको नेकपा एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लले बताए । विगत जस्तै फेरी पनि चुनाव जित्न सबैले एकजुट भई लाग्नु पर्ने र जनता सामु स्थानीय तहमा पाच साल सम्म गरेका विकास कार्य योजना प्रस्तुत गरेर फेरी पनि जनता को हक हित का लागी कटीबद्ध हुनुपर्ने उनले बताए ।
अहिलेसम्म पार्टीमा भएका विवादित विषयलाई भुलेर सबै नेता तथा कार्यकर्ताहरूले चुनावको तयारीमा रहन आवश्यक रहेको पार्टी इन्चार्ज गैरि ओलीको भनाई रहेको थियो । गाउँपालिका कमिटीका अध्यक्ष टेक बहादुर बोगटीको अध्यक्षता र पोलिट ब्युरो सदस्य तथा डोटी इन्चार्ज गौरी ओली प्रमुख अतिथि, जिल्ला कमिटी अध्यक्ष चक्र मल्ल र जिल्ला कमिटी सह सचिव कृष्ण कुमार खड्का विशिष्ट अतिथि रहनुभएको थियो भने वडा कमिटी अध्यक्षहरू, सदस्यहरू लगायत पार्टीका कार्यकर्ताको उपस्थित रहेको थियो ।
