गठबन्धनको बैठक बालुवाटारमा दुई घण्टादेखि जारी

सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टादेखि जारी छ । एमसीसीबारे निर्णायक छलफलका लागि विहीबार साँझ पाँच बजेदेखि गठबन्धनको बैठक दुई घण्टादेखि चलिरहेको छ ।

Sayalb

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू बैठकमा सहभागी छन् ।यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता रहेको छ ।

जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्। आजको बैठकमा सत्ता घटक राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन । बैठकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जसपा अध्यक्ष उपेन्द्र यादव उपत्यका बाहिर भएकाले बैठकमा अनुपस्थित छन् ।

Shaileshwori
Loading...