स्थानीय निर्वाचनका लागि दल दर्ता गर्न आव्हान

काठमाडौँ — निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आव्हान गरेको छ । आयोगले संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बन्धी नियमावली, ०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा दस दिनभित्र दल दर्ता गरिसक्न आव्हान गरेको हो ।

Sayalb

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले विहीबार सूचना निकालेर स्थानीय तह निर्वाचन प्रयोजनकालागि फागुन १५ गतेभित्र दल दर्ता गरिसक्न आव्हान गरेको जानकारी दिए ।

दलहरूले दर्ताका लागि आवेदन दिँदा स्थानीय तह निर्वाचनमा भाग लिन चाहेको जिल्लासहित केन्द्रीय, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, पछिल्लो निर्वाचित भएको मिति, वार्षिक लेखा परीक्षण प्रतिवेदन, प्राप्त गर्न चाहेको निर्वाचन चिन्ह लगायत उल्लेख गर्नुपर्नेछ ।

Shaileshwori
Loading...