
सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा दुई घण्टा एमसीसीका विषयमा छलफल हो । एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठकको निर्णय आउन बाँकी छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू बैठकमा सहभागी थिए ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता थियो ।
जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्। आजको बैठकमा सत्ता घटक राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन ।बैठकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जसपा अध्यक्ष उपेन्द्र यादव उपत्यका बाहिर भएकाले बैठकमा अनुपस्थित थिए ।
