
डोटी ,फागुन ५
सुबास नेपाली
स्वाद्को राजा मानिएको पुर्बिचौकि गाउपालिकाको काणामाण्डौमा मात्र उत्पादन हुने रैथाने काणामान्डौ बास्मति चामलको ब्याबसायिक उत्पादन सुरु गरिएको छ।
कृषि ज्ञान केन्द्र डोटीको प्रबिधिक सहयोग र जनकल्याण बहुउद्देश्यीय सहाकारि संस्थाले एकदमै स्वादिलो बास्नादार चामल बास्मतिको प्याकेजिङ सहित बजारमा ल्याइएको हो।
पछिल्लो समय स्थानिय काणामाण्डौ बास्मति लोप हुने अवस्थामा आएको र रैथाने जिन बचाउनुका साथै प्रचार प्रसार सहित बजारिकरणमा सहयोग पुराउने उदेश्यले सो कार्यक्रमको थालनि गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत दुर्गा प्रसाद ओझाले बताउनु भयो।

रैथाने बालि प्रवर्द्धन कार्यक्रम अन्तरगत काणामान्डौ बास्मति चामलको स्वाद नहराओस भन्ने उदेश्यले धानलाई मिलमा नकुटि स्थानिय ओखल तथा ढिकिमा कुटने गरिएको छ।
उक्त चामलको स्वाद अन्य चामल भन्दा बेग्लै भएको हुँदा बाहिरि जिल्लामा पनि यस्को निर्यात हुने गरेको छ।
अहिले माग अनुसार आपूर्ति गर्न नसकिएको र ८० हेक्टर जमिनमा गर्दै आएको उक्त खेति बढाउने तयारिमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताउनु भयो।
यसरि काणामान्डौ बास्मतिको माग बढदै गए पछि स्थानीय किसान खुसि भएकाछन भने यस खेति तर्फ लाग्ने किसानहरुले मनग्य आम्दानि समेत लिन थालेका छ्न।
उक्त चामलको बजार मुल्य प्रति के जि १४०का दरले बिक्री भैरहेको छ।
