
सत्ता गठबन्धन गम्भीर मोडमा पुगेको छ । विशेषगरी माओवादी केन्द्रले एमसीसीमा समर्थन नगरेपछि गठबन्धन नै टुट्ने अवस्थामा पुगेको छ। गठबन्धनमा देखिएको विवादपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
गठबन्धन गम्भीर मोडमा पुगेको माओवादीका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लको ट्वीटले पनि संकेत गरेको छ । उनले एमसीसी पास गर्न सत्ता साझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा केपी ओलीलाई गुहार्न बालकोट पुगेको लेखेका छन् ।

माओवादीले सत्ता गठबन्धनको बैठकमा एमसीसीबारे ४ सवाल अघि सारेको थियो । माओवादीले सबैभन्दा पहिला एमसीसीमा रहेका प्रावधानहरूका बारेमा स्पष्ट पारिनुपर्ने अनि मात्रै पारितको कुरा आउने बताएका थियो ।
नेता नारायणकाजी श्रेष्ठकाअनुसार एमसीसीमा कन्टेन्ट पनि जोडिएको हुनाले यसमा पनि छलफल नपुगेको धारणा पार्टीको थियो । यही कारण एमसीसीको औचित्यमाथि नै प्रश्न उठेको माओवादीको भनाइ थियो । आर्थिक सहायतका अहिलेसम्म संसदले अनुमोदन नगरेकोमा भोलिले अरुले पनि यस्तै माग गरे के हुन्छ भन्ने प्रश्न पनि माओवादीले उठाएको थियो ।
यस्तै माओवादीले संसद सुचारु गरेर मात्रै यसबारे अघि बढ्नुपर्ने धारणा पनि राखेको थियो । ‘यत्रो राष्ट्रलाई असर गर्ने कुरा संसद सुचारु नहुँदासम्म कसरी पेश हुन सक्छ रु पहिला संसद सुचारु हुनुपर्छ’, माओवादीको भनाइ थियो ।
