डोटीमा प्रधानमन्त्री देउवा सहितका नेताको पुतला दहन

तेजु ओली, डोटी
नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले डोटीमा एमसीसीको विरोध स्वरूप नारा बाजि सहित पुतला दहन गरेको छ । दिपायल सिलगढी नगरपालिका वडा नं ४ राजपुरमा प्रधानमन्त्री सेर बहादुर देउवा, काँग्रेस नेता गगन थापा र बाबुराम भट्टराईको पुत्ला दहन गरेको थियो ।

Sayalb

राष्ट्रिय हित विपरीत एमसीसी सम्झौता लागु गर्न लागेकाले पुतला दहन गरेको (विप्लव) जिल्ला कार्यालय सचिव तथा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रकाश कठायतले बताए । राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, गो ब्याक अमेरिका, नो एमसीसी लगायतका नारा सहित बजार परिक्रमा गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सचिवालय सदस्य ममता सुर्खेतीले एमसीसी देशको हितमा नरहेकाले एक चोटि यसको विरुद्ध उभिनु पर्ने बताइन् । आफ्ना कार्यकर्ता माथि दमन गरे खरो रूपमा उत्रिने सरकारलाई चुनौती दिँदै उनले बताइन । दिपायलमा गरिएको कार्यक्रममा कार्यकर्ता भन्दा बढी सुरक्षा कर्मी देखिएका थिए । यस बाट देशलाई पर्ने नकारात्मक प्रभावको बारेमा बोल्दै सबैले ठाउठाउबाट विरोध गर्नु पर्ने बताइएको छ ।

Shaileshwori
Loading...