वाईसीएल र अखिल क्रान्तिकारी डोटीले देउवाको पुतला दहन गरे

डोटी : वाईसीएल नेपाल र अखिल क्रान्तिकारीले एमसीसी बिरुद्ध डोटीमा राके जुलुस निकाल्नुका साथै प्रधानमन्त्रीको पुतला दहन गरेका छन् । एमसीसी यथास्थितिमा बिना संसोधन संसदमा पेश गरेको बिरोधमा आफुहरुले प्रधानमन्त्री शेर बहादुर देउवाको पुतला दहन गरेको अखिल क्रान्तिकारी डोटीका अध्यक्ष प्रकाश जोशीले बताए । राके जुलुस सहित प्रदर्शन गरिरहेका बेला सशस्त्र प्रहरी र नेपाल प्रहरीले रोक्न खोजेका थिए । यश क्रममा केही प्रदर्शनकारीलाइ सामान्य चोटपटक लागेको बताईएको छ । देश बेच्न पाईदैन, राष्ट्र घाति एमसीसी चाइदैन, एमसीसी खारेज गर, प्रधानमन्त्री मुर्दावाद लगायतका नारा उनिहरुले लगाएका थिए । सरकारले आईतवार एमसीसी संसदमा पेश गरेको छ ।

Sayalb

कार्यक्रममा वाईसीएलका केन्द्रिय सदस्य गोबिन्द खड्का र जिल्ला संयोजक विशाल बराल लगायतका युवा बिद्यार्थी लगायत आम नागरिकको सहभागिता थियो ।

Shaileshwori
Loading...