आर्थिक अभावका कारण रोगले थला परेका गणेश भुल

तेजु ओली, डोटी
शिखर नगरपालिका १० बन्लेकका गणेश भुल आर्थिक अभावका कारण रोगले थला परेका छन् । भारत गएर जीविका चलाउँदै आएका उनीमा ५ जनाको परिवार आश्रित थियो । उनका ४ छोरी १ छोरा र श्रीमती छन् । अहिले उनी बिरामी हुँदा घरमा खानलाई समेत समस्या हुन थालेको छ । गणेशलाई बिरामले च्याप्दै गएपछि दलित एकता समूहका अध्यक्ष सुरेन्द्र बहादुर भुलले चेकजाँचको लागि जिल्ला अस्पताल डोटी सम्म ल्याएका छन् ।

डाक्टरको सल्लाह अनुसार उनलाई बाहिर लगे उपचारमा दुई लाख सम्म खर्च हुने बताइएको छ । अन्य अस्पताल गएर श्रीमानको चेकजाँच गर्न सक्ने आफ्नो आर्थिक अवस्था नरहेको धना भुलले बताए छिन् । कमाई खानलाई जग्गा छैन, अ‍ैचोपैचो गरेर अस्पताल सम्म लैजान पनि समस्या भएको उनले बताइन् । स्थानीय तहबाट सहयोगको आस गरेता पनि कुनै राहत नपाएको स्थानीय योगेन्द्र बहादुर भुलको भनाइ छ ।

Sayalb

४५ वर्षका गणेश भुल पाँच वर्ष देखि पेटको समस्याबाट ग्रसित छन् । सुरुमा पेट पढ्न थालेपछि उनलाई आफू मोटाएको अनुभूति भयो तर पेट दिनप्रतिदिन बढ्दै गयो । एक वर्ष यता त उनको पेट अश्वभाबिक रूपमा बढेर समस्या हुन थालेको छ । आर्थिक सहयोग प्राप्त भए आफ्नो उपचार हुनेमा उनी आशावादी छन् ।

Shaileshwori
Loading...