एमाले जोरायल गाउँपालिका कमिटीको विस्तारित बैठक सम्पन्न

नारद नेपाली, डोटी
नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले जोरायल गाउँपालिका कमिटी डोटीको विस्तारित बैठक सम्पन्न भएको छ । पालिका कमिटीको आयोजनामा विस्तारित बैठक सोमवार गाउँपालिकाको रावतकट्टेमा सम्पन्न भएको हो । बैठकमा आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा नतिजा आफ्नो पक्षमा ल्याउन गर्नु पर्ने विषयमा छलफल भएको छ । पाटीलाई आगामी चुनावमा जिताउन आफू लागिरहेको कार्यक्रमका विशिष्ट अतिथि दुर्गा ओझाले बताए ।

Sayalb

जोरायल गाउँपालिका कमिटीका अध्यक्ष तीर्थराज भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि एमाले १० औ महाधिवेशन प्रतिनिधि जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझा रहेका थिए । कार्यक्रममा वडा कमिटीका अध्यक्षहरू पार्टी प्रति आस्थावान् कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।

त्यस्तै विस्तारित बैठकको अवसर पारि पालिका कमिटीको कार्यालय जोरायल गाउँ पालिकाको वडा नम्बर ३ चन्कट्टेमा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । सम्पर्क कार्यालयको नेपाल कम्युनिस्ट पाटी एमाले प्रदेश कमिटी सदस्य पदमाराज भट्ट र एमाले १० औ महाधिवेशन प्रतिनिधि दुर्गा ओझाले गरेका हुन् ।

Shaileshwori
Loading...