
सायल गाउँपालिका वडा–४ डौडका वडा अध्यक्ष टिका सिंह नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । नेकपा एमालेबाट निर्वाचित सिंह एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, संस्कृत पर्यटन नागरिक उड्यन मन्त्री तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर आले मगरले माला र टिका लगाएर एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन । वडा अध्यक्ष सिंह सहित एमाले वडिकेदार गाउँपालिका सचिव मनोज देउवा, गणेश बिठाडी, उप सचिव नेपाल विद्यार्थी संघ जिल्ला कमिटी सदस्य हेमन्त मन्नी र बडीकेदार– ३ वडा कमिटी अध्यक्ष भीम बहादुर विष्ट नेकपा एमाले पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन ।

