
मुलुक समाचार, डोटी
जिल्ला अस्पताल डोटीमा उपचार गराई रहेका शिखर नगरपालिका– १० बनलेकमा गणेश भुललाई सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बिरामी गणेशलाई फोन गरेर प्रदेश सरकार उपचार गर्ने बताएका छन् ।
सोमबार आर्थिक अवस्था अभाव भएका कारण अभाव रहेको भन्दै मुलुक न्युजमा समाचार प्रकाशन भए पछि बिरामीबारे मुख्यमन्त्री भट्टले साँचो व्यक्त गर्नु भएको थियो ।

मङ्गलवार बिहान मुख्यमन्त्री भट्टले फोन गरेर अवस्था बुझ्दै उपचारमा प्रदेश सरकारले गर्ने बताएका छन् । बिरामी गणेश सँग प्रत्यक्ष कुरा गर्दै मुख्यमन्त्री भट्टले भने ‘ न आत्तिनु होस यहाँ त्यहाँ रोगको पहिचान हुन नसकेको जानकारी मैले प्राप्त गरेको छु सेती प्रादेशिक अस्पताल धनगढी आउनु होस हामी रोग निदान र उपचारमा सहयोग गछौँ ।’
शिखर नगरपालिकाका १० बनलेकका गणेश भुल आर्थिक अभावका कारण रोगले थला परेका छन् । भारत गएर जिबिका चलाउँदै आएका गणेशका ५ जनाको परिवार छ । अहिले उनी बिरामी हुँदा घरमा खानलाई समेत समस्या हुन थालेको उनले बताए ।
दलित एकता समूहका अध्यक्ष सुरेन्द्र बहादुर भुलले चेकजाँचको लागि जिल्ला अस्पताल डोटी सम्म पुराएका थिए । एक दिन जिल्ला अस्पताल डोटी मा सामान्य चेकजाँच पछि थप रोगको पहिचान गर्न र उपचारका लागि आजै धनगढी रिफर गरेको जिल्ला अस्पताल डोटी का डाक्टर प्रकाश ठकुल्ला ले बताएका छन् । डाक्टर ठकुल्लाले भने ‘ उहाँ हुने जति चेकजाँच हामीले गरेका छौँ, यहाँ रोग निदान हुन सकेन थप उपचारका लागी बाहिर लैजानु पर्ने भयो । ’ बिरामी गणेशलाई मगलबारै थप उपचारका लागी सेती प्रादेशिक अस्पताल लगिएको छ ।
