एकल महिलाहरुको क्षमता विकासमा टेवा पुर्याउदै डब्लु एच आर

डोटी- मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR) डोटीले एकल महिलाहरुको क्षमता विकासमा टेवा पुर्याउदै आएको छ ।
जिल्लाको पुर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका एकल महिलाको क्षमता विकास तथा व्यवशायमा प्रोत्साहन गर्दै आएको पत्रकारहरु संग त्रैमासिक समिक्षा तथा छलफल कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीका कार्यक्रम संयोजक लक्ष्मी देउवाले बताउनुभयो ।

संस्थाले कार्यक्रम लागु भएका स्थानीय तहहरुमा १६ ओटा समूह गठन गरेको छ । ४ सय १२ आबद्व रहेका एकल महिलाहरुको क्षमता विकास, सीप विकास जस्ता कार्य गर्दै आएको छ । दुई स्थानीय तहहरुका समुह बाट १७ जनालाई आर्थिक रुपमा सहयोग गरेको छ । जसमा जनप्रतिनिधि लाई ३० हजार र एकल महिलालाई २० हजार सहयोग गरेको बड्लु एच आर कि जिल्ला कार्यक्रम संयोजक देउवाले बताउनुभयो ।

Sayalb

व्यावसाय मुखि बनाएर महिलाको क्षमता विकास गरी महिलाहरू लाई राजनीतिमा ल्याउने कार्यक्रमको उद्देश्य रहेको संयोजक देउवाले बताउनु भयो ।

संस्थाले आर्थिक सहयोग गरेपछि दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ कि जानकी रायमाझी अहिले पानिपुरिको व्यापार गर्दै आएकी छन्। दिनभरि गरेको पानीपुरिको व्यापारले अहिले दैनिक जीवन यापन गर्न सहज भएको उनी बताउँछिन् ।
उनी जस्तै एकल महिलाहरुले अहिले सहयोग पाएपछि बाख्रा पालन, लगायतका काम गरि दैनिकी चलाईरहेका कार्यक्रम संयोजक देउवाले बताउनु भयो।

Shaileshwori
Loading...