

भारतको बिहारमा खाना ढिलो दिएको भन्दै बेहुला पक्षले विवाह नै रद्ध गरेको खबर बाहिरीएको छ । भारतीय सञ्चारमाध्यमहरुले बताए अनुसार यो घटना बिहारको पूर्णिया जिल्लाको बटौना गाउँमा भएको हो। विवाहका निम्ति सबै तयारी पूरा भइसकेको थियो भने जन्ती पनि आइसकेका थिए । तर, जन्ती आइपुगेपछि उनीहरुलाई खाना खुवाउन भने केही ढिलाइ भएको थियो। खानामा ढिलाइ भएपछि बेहुला र उनका बाबु रिसाएका थिए। त्यसपछि उनीहरुले विवाह प्रक्रिया अघि बढाउन अस्वीकार गरे। स्थानीय बासिन्दा र गाउँ पञ्चायतले बेहुला पक्षलाई मनाउने प्रयास गरे पनि उनीहरुले मानेनन् र विवाहस्थल छाडेर फर्किए। बेहुलाका बाबुले खाना तथा दाइजोको लागि बेहुलीको तर्फबाट भएको सबै खर्च फिर्ता दिँदै विवाह रद्द गर्ने घोषणा गरेका भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
बेहुलीकी आमाले बेहुला र उनका बाबुविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन्। प्रहरीले अहिले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ।
