जिल्ला प्रशासन कार्यलय डोटी घेराउ

प्रकाश थापा, डोेटी
एमसीसीको विरोधमा नेपाल कम्युनिस्ट पार्टी लगायत आठ दलिय मोर्चाले डोटीमा प्रदर्शन गरेका छन् । एमसीसी खारेज गर्नु पर्ने नारा लगाउँदै प्रदर्शन गरेका उनिहरुले जिल्ला प्रशासन कार्यालय डोटी घेरेका थिए ।

Sayalb

प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी निलम ओली“ध्रुव“ले एमसीसी पास गराएर संसदिय दलालहरुले देशलाई प्राधिन बनाउन खोजेको आरोप लगाउँदै सबै एकजुट भएर डटेर सामाना गर्नु पर्ने बताए ।

सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का जिल्ला सेक्रेटरी चन्द्र थापा, जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष श्रीचन्द्र श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य द्वय ममता सुर्खेती र मोहन कठायत, जिल्ला सदस्य शंकर साउँद, युवा संगठन नेपाल जिल्ला अध्यक्ष सुशिल मलासी, अखिल (क्रान्तिकारी) जिल्ला सचिव टेकेन्द्र बोगटी लगायतले सम्बोधन गरेका थिए ।

Shaileshwori
Loading...