
डोटी- डोटीको सायल गाउँपालिकामा वडा नम्बर एक छपालीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर भएको छ ।
सनिवार जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दिपायलको आयोजनामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर भएको जिल्ला आयुर्वेद दिपायलका निमित्त प्रमुख विद्या घिमिरे देउवाले बताउनुभयो।
जिल्लाकै दर्गम क्षेत्र मानिने छपालिमा पिछडिएका नागरिकका लागि यो शिविर निकै उपलब्धिपूर्ण भएका सायल गाउँपालिका वडा नम्बर एक का वडा अध्यक्ष हिरा थापाले बताउनुभयो । लामो समयदेखि रोग पालेर बसेका जनताको लागि राहत मिलेको उनले बताए ।
विहान आठ बजेदेखि अब्राहन्न पाँच बजे सम्म चलेको उक्त शिविरमा ४ सय ६४ जनाले सेवा दिएका निमित्त प्रमुख देउवाले बताउनुभयो ।
उहाँका अनुसार जसमा १ सय ६४ पुरुष, २ सय ९१ महिला, ४८ जना बालबालिका र ९४ जना जेष्ठ नागरिकले सेवा लिएका छन्।

निमित्त शाखा प्रमुख घिमिरेका अनुसार शिविरमा अल्सर, सुगर, हाडजोर्नी तथा नसा, छाला रोग,पाईल्स, स्त्रीरोग, वाथ, खाना नपच्ने, खोकी लाग्ने र स्वासप्रश्वास सम्बन्धि रोगको उपचार भएको थियो ।
दुर्गम ठाउँ भएकोले सेवा दिन कठिन थियो तर पनि दिपायल बाट एक दिनको बाटो हिडि सेवा दिने अवसर मिलेको छ ।
नागरिक आयुर्वेद केन्द्र दिपायलका निमित्त उत्तम प्रमुख देवबाले ले शिविरमा उत्साहपुर्वक स्वास्थ्य जाँच गराउन स्थानीय सहभागी भएको बताए ।
उनले भनिन् ,‘शिविरले स्वास्थ्य अवस्थाको पहिचान हुनुका साथै शक्तिवद्र्धक आयुर्वेदिक औषधि समेत बिरामीलाई उपलब्ध भयो । बालबालिका देखि बृद्धबृद्धा सम्मले स्वास्थ्य सेवा लिए ।
