Before Header
After Navigation

महाशिवरात्रीलाई मध्यनजर गर्दै बासुधारा सरसफाइ

डोटी ,फागुन १५
सुबास नेपाली

आउदै गरेको महाशिवरात्री लाई मध्यनजर गर्दै डोटीको प्रसिद्ध धार्मिक शक्तिपिठ बासुधारामा सरसफाइ गरिएको छ।

सशस्त्र प्रहरी बल ३६ नं गण जोगिडाब्रे र नेपाल प्रहरीको संयुक्त टोलिले मन्दिर परिसरमा सरसफाइ गरेको हो।

Sagan sahari bhawan nirman aayojana

महाशिवरात्रीमा आउने श्रदालु भक्तजनहरुलाई दर्शन तथा स्नान गर्न सहज होस भन्ने हेतुले मन्दिर परिसरमा सरसफाई गरिएको सशस्त्र प्रहरी बल ३६ नं गणका गण पति हर्क बिष्टले जानकारी दिनु भयो।

प्रसिद्ध धार्मिक शक्तिपिठ बासुधारामा प्रत्येक वर्ष महाशिव रात्रीका दिन स्नान र दर्शन गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ।

सशस्त्र प्रहरी बल ३६ नं गण जोगिडाब्रेले सार्वजनिक क्षेत्र ,बजार ,मन्दिरमा बिगत देखिनै सरसफाई गर्ने कार्य गर्दै आइरहेको छ।

Shaileshwori
Loading...