
तेजु ओली, डोटी
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा एक दिने सचेतनामूलक सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । आइतबार ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना, बोगटान फुड्सिल गाउँपालिकाको आयोजनामा गाउँ पालिका को वडा नम्बर ७ को सुकाटी टोलमा महोतसबको आयोजना गरेको थियो। उक्त सचेतनामूलक सांस्कृतिक महोत्सवमा मर्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत समेत रहेकी देउडा तथा लोकदोहोरी गाएका रेखा जोशीका साथै स्थानीय कलाकारहरूले आआफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।


एउटा टोललाइ पूर्व सरसफाइ र महिनावारी स्वच्छता गरी दुई विषयमा स्थानीयलाई सांस्कृतिक कार्यक्रम मार्फत सचेतना फैलाउने उद्देश्यका साथ उक्त महोत्सवको आयोजना गरेको परियोजनाका सामाजिक तथा संस्थागत विकास विज्ञ राजु तिरुवाले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा व्याप्त छाउपडी प्रथा बारेको कुसंस्कार र अन्धविश्वास चिर्न साङ्गीतिक अभियान सञ्चालन गर्ने गरी दूतमा नियुक्त गरेपछि डोटी, डडेलधुरा, बझाङ र बैतडीमा यस्ता सांस्कृतिक महोत्सवको आयोजना गरेको जानकारी दिए ।
गाउँपालिका भरिका माध्यमिक विद्यालयका विद्यार्थी, विद्यालयका शिक्षक, राजनीतिक दलका नेता कार्यकर्ता लगायत स्थानीयको उपस्थिति रहेको थियो। स्वच्छ खानेपानी र पूर्ण सरसफाइको क्षेत्रमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले गाउँपालिकामा लामो समय देखी काम गर्दै आएको छ ।

