सेन्चुरी कमर्सियल बैङ्क द्वारा क्याम्पसलाई खानेपानी टङ्की सहयोग

Sayalb

गणेश मौनी
फागुन १८ डोटी
सेन्चुरी कमर्सियल बैङ्क बडीकेदार शाखाले मङ्गलवार केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस डोटीलाई खानेपानी टङ्की सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत क्याम्पसलाई १ थान १ हजार लिटरको स्टिल खानेपानी टङ्की सहयोग गरेको बैकका शाखा प्रमुख राजेन्द्र सिंह साउदले बताए । उनले भने यस क्षेत्रमा बंंैकले आम सर्वसाधारणलाई बैङ्किङ सेवादिनुका साथै सामाजिक सेवाका कार्यलाई पनि जोड दिँदै आएको बताए।
संस्थागत सामाजिक उत्तरदायित्वको महत्त्व माथि प्रकाश पार्दै आगामी दिनमा पनि बैङ्कले सामाजिक सेवाका कार्यहरूलाई पनि निरन्तरता दिने समेत शाखा प्रमुख साउँदले बताए ।
खाने पानी टङ्की सहयोग कार्यक्रममा शिक्षक अभिभावक, विद्यार्थी, बैङ्कका कर्मचारीको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...