आरभिडब्लुआरएमपीद्धारा सुकाटी टोलमा सरसफाईका सामग्री वितरण

डोटी : बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ सुकाटी टोलमा सरसफाइ सामाग्री वितरण गरिएको छ । बोगटान फुड्सिल गाउँपालिकाको सहयोग तथा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (आरभिडब्लुआरएमपी) को सहजीकरणमा उक्त टोलमा सरसफाइ सामाग्री वितरण गरिएको हो ।
फिल्टर, बाल्टी, साबुनदानि, झार किट र साबुन टोलका ३४ घरधुरीलाई वितरण गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक गीता जिसीले बताइन् । सुकाटी टोललाई गत शनिवार मात्रै एक कार्यक्रमका बिच पूर्ण सरसफाइ युक्त टोल घोषण गरिएको थियो ।
Sayalb
यस्तै भोलि गाउँपालिकाको वडा नम्बर २ केदार अखडामा फिल्याण्ड सरकारका प्रतिनिधिद्वारा अनुगमन गर्ने कार्यक्रम रहेको पनि जिसीले बताइन् । आरभिडब्लुआरएमपीले बोगटान फुड्सिल गाउँपालिकामा लामो समय देखी सरसफाइ, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा कार्य गरिरहेको छ ।
Shaileshwori
Loading...