Before Header
After Navigation

डोटीमा चैत्र २ गते देखी महोत्सव लाग्दै

डोटी : डोटीमा महोत्सव लाग्ने भएको छ । योगदान राष्ट्रका लागि डोटीको आयोजनामा चैत्र २ गते देखी १२ गतेसम्म दिपायलमा महोत्सव सञ्चालन हुने भएको छ । “युग युग सम्म देखियोस् पल्टाउँदा इतिहासको पान, डोटीको कला संस्कृतिको संरक्षण गर्ने हाम्रो चाहाना” भन्ने मूल नारा बोकेर योगदान राष्ट्रका लागि डोटीले डोटी सांस्कृतिक मेला महोत्सव २०७८ को आयोजना गरेको हो । सोमबार सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गरि संस्थाले पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको बताएको छ । महोत्सवमा करिब ३० लाख रुपैयाँ लगानी गर्ने र रु. ५० लाख आम्दानी गर्ने लक्ष्य आयोजकले राखेको छ ।

महोत्सवको मुख्य आकर्षणको रूपमा प्याराग्लाइडिङ र सेती नदिमा ¥याप्टिङ गर्न सकिने योगदान राष्ट्रका लागि डोटीका अध्यक्ष दीपक खातिले बताए । यसको लागि समन्वय भइरहेको उनको भनाइ थियो । ५० भन्दा बढी स्टलहरू महोत्सव स्थलमा राखिने पनि पत्रकार सम्मेलनमा बताइएको छ ।

Sagan sahari bhawan nirman aayojana

महानायक राजेश हमाल, गायक पशुपति शर्मा, प्रकाश सपुत, नन्द कृष्ण जोशी, भुवन दाहाल चक्र बम, गायिका ज्योति मगर, रेखा जोशी लगायतका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने भएको छ ।

महोत्सवमा बढी भन्दा बढी स्थानीय कलाकारको प्रस्तुति समेटिने आयोजकले बताएको छ । स्थानीय कला संस्कृति झल्किने प्रस्तुतिहरू हेर्न पाउनुका साथै स्थानीय परिकारको स्वाद पनि महोत्सवमा लिन पाइने योगदान राष्ट्रका लागि डोटीका सदस्य तथा कलाकार गणेश साउद जिसीले बताए । महोत्सव अवलोक गर्न जाने प्रत्येक व्यक्तिले रु एक सय तिर्नु पर्ने छ ।

विश्व महामारीको रूपमा रहेको कोरोना भाइरसका कारण विगत केही समय देखी डोटीमा धेरैको उपस्थिति हुने किसिमका मेला महोत्सव सञ्चालन हुन सकेका थिएनन् । यो वर्ष महोत्सव लाग्ने भएपछि स्थानीय खुसी भएका छन् ।

Shaileshwori
Loading...