शरीता कठायत
फागुन २३, डोटी
डोटीको शिखर नगरपालिका वडा नम्बर १० बनलेकका गणेश भुलकादुई बालबालिकालाई बास नेपालले आर्थिक सहयोग गरेको छ । एक वर्ष देखि बिरामीले थलिएका हाल घनगढीमा उपचाररत गणेश भुलकोको आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकालाई पढाई लेखाइमा सहजता होस भन्ने हेतुले बालबालिकालाई सहयोग गरिएको बास नेपालले जनाएको छ । लामो समय देखी भारतमा रोजगार गरेर घर खर्च र साँझ बिहानको छाक टार्ने गरेका गणेश आजआफैं रोगको सिकार भएका छन् उनी भन्छन् मैले मेरो घर परिवारको लागि भए पनि बाच्नु पर्छ छोराछोरीलाई कसरी पढाउने लेखाउने चिन्तामा छु सबैलाई सहयोग गरिदिन समेत अपिल गर्छन् । बास नेपालले बालबालिकालाई गरेको सहयोग छोरा छोरीको पढाई लेखाइमा खर्च गर्ने समेत गणेशले बताए ।

सम्पत्तिको नाममा एउटा सानो घर मात्र छ साँझ बिहान अरूको काम गरेर छोराछोरी पाल्ने गरेको बताउन्छीन गणेशकी श्रीमती धना भुल । उनी भन्छन् श्रीमान् बिरामीले थला पर्दा कसरी श्रीमानको उपचार गर्ने, कसरी छोराछोरीलाई पढाउने कसरी घर व्यवहार चलाउने साहै चिन्तित छु छोराछोरीलाई पढाई लेखाई गर्न सक्ने अवस्था छैन ।

गणेशका ४ छोरी १ छोरा र श्रीमती छन् । उनकी जेठी छोरी विवाह गरेर आफ्नो घर गई सकेकी छन् त्यसपछि अन्य ३ छोरी र १ छोरा छन् । उनकी माहिली छोरी वर्ष १६ की सुनिता भुल अहिले स्थानीय बानेडुग्रा माध्यामीक विद्यालयमा कक्षा ८ मा पढ्छीन, साइँली छोरी वर्ष १३ की दिपा भुल कक्षा ६ मा पढ्छीन, काइँली छोरी वर्ष १३ की जानकी भुल कक्षा १ र कान्छो छोरा वर्ष ७ को विनोद भुल कक्षा १ साही विद्यालयमा पढी रहेका छन् ।
युनिसेफ नेपालको सहयोगमा बास नेपाल द्वारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत जोखिममा रहेका बालबालिकाहरूलाई सहयोग गरेको बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले बताए । स्थानीयको सहभागिता बास नेपालका कार्यक्रम अधिकृत मौनी घरमै पुगेर उक्त रकम बालबालिकालाई हस्तान्तरण गरेको थियो । बालबालिकाहरूलाई सहयोग रकम बापत जनही पाँच हजारका दरले दुई जना बालबालिकालाई दश हजार सहयोग गरिएको हो । बास नेपालले ४ जना मध्य दुई जनालाई सहयोग गरेको हो ।
केही दिन अघाडी गणेशको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाएको थियो । सोही बमोजिम सेती प्रादेशिक अस्पताल धनगढीमा अहिले उपचार भइरहेको पेटको अप्रेसन गर्नुपर्ने अवस्था रहको गणेशकी श्रीमतीले जानकारी दिएकी हुन् । बास नेपालले युनिसेफको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा बाल संरक्षण कार्यक्रम, र जोखिम पूर्ण सञ्चार र सामुदायिक संलग्नता परियोजना संचालमा गरिरहेको छ ।