
लाल बहादुर चदारा, अछाम
फागुन २४
अछामको मेल्लेख गाउँपालिका को नवौँ गाउसभा आज सम्पन्न भएको छ । गाउँभामा ६ महिना को अवधि मा पालिकाले गरेको प्रगति विवरण को सार्वजनिक गरिनु का साथै पालिका ले बैठक मा पारित गरेका विभिन्न कार्यविधि बारे जानकारी सहित सार्वजनिक गरेको थियो ।
जसमा यतायता व्यवस्थापन कार्यविधि २०७८, व्यवसाय दर्ता तथा अभिलेखीकरण कार्यविधि २०७८ सूचना प्रविधि केन्द्र व्यवस्थापन कार्यविधि २०७८ , गाउप्रहरि सञ्चालन कार्यविधि २०७८, मेल्लेख पूर्वदार व्यवस्थापन प्रणाली कार्यविधि २०७८, औधेगिक ग्राम सञ्चालन कार्यविधि २०७८ आधारभूत अस्पताल सञ्चालन कार्यविधि २०७८ लगायत ८ वटा कार्यविधि पारित गरेको छ । मेल्लेख गाउँपालिका का अध्यक्ष लोक बहादुर बोहरा को अध्यक्षतामा भएको गाउसभा सुभारम्बमा ६ महिना को अवधि मा भएको कामको सार्वजनिक पछि ।सभा सदस्य हरुले सुझाव तथा जिज्ञासा राखेका थिए । जनप्रतिनिधि ले राखेको जिज्ञासा पछि । प्रश्नको जवाफ दिँदै अध्यक्ष बोहराले मेल्लेख गाउँपालिका मा गरेको विकास को लागि जनताले नै मुल्यक गर्ने बताए । आवश्यकता को आधारमा थुप्रै बजेट को व्यवस्था गरी काम गरी सकेको बताए छन् । शिक्षा स्वास्थ्य सडक कृषि पशुपालन लक्षित वर्ग बालबालिका हरको लागि पहिलो प्राथमिकता मा राख्दै अन्य विकास का ठुला आयोजना काम केही सम्पन्न भइसकेका र किहि सम्पन्न हुने क्रममा रहेका पनि पनि बताएका छन् ।

मेल्लेख गाउँपालिका हरेक क्रियाकलाप बाट जनता को इच्छा आकंक्षा पूरा गरेको बताएका छन् । अहिले मेल्लेख प्रवेशद्वार देखि मेल्लेख गाउँपालिका सम्म सडक कालोपत्रे को काम अघि बढिसकेको पनि बताएका छन् । मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खडकाले ६ महिना को अवधि सम्ममा अर्ध वार्षिक रुपामा भए गरेका काम प्रशासनिक गतिविधि को विवरण सार्वजनिक गर्नु भएको थियो ।
मेल्लेख गाउँपालिका का उपाध्यक्ष धनबहादुर शाहीले आ ।ब २०७८ र०७९ अर्धवार्षिक आय व्याय विवरण प्रस्तुत गरेका थिए उहाँले २०७४ देखि २०७८ सम्म सङ्घ प्रदेश तथा आन्तरिक श्रोतबाट गाउँपालिकामा विनियोजित बजेट ९२ करोड २४ लाख ८० हजार ८ सय ७९ बराबरको विनियोजित बजेट सार्वजनिक गर्नुभएको थियो । उहाँले गाउँपालिका मा प्राप्त बजेट को दायरा बढाउनु का साथै राजश्व बढाउनु पर्ने मा जोड दिनु भएको थियो । उहाँले सामाजिक कुरीति का विरुद्ध थप अभियान सञ्चालन गर्नु पर्ने मा पनि जोड दिनु भएको थियो । न्यायिक समिति को काम लाई जिम्मेवारी पूर्वक लैजान सबैले सहयोग गर्नुपर्ने पनि बताएका छन् । साथै अनुगमन को पाटो पनि प्रभावकारी भएको जानकारी गराउनु भएको थियो ।
गाउसभा मा वडा अध्यक्ष को तर्फबाट वडा न ७ का वडा अध्यक्ष नर बहादुर साउद , न्यायिक समिति सदस्य वीर बहादुर बोहरा टङ्क बुढा कार्यपालिका सदस्य कमलदेवी ताम्राकार तथा गाउँ सभा का सदस्य हरुले सुझाव सहित समस्या पनि राखेका थिए । सूचना प्रविधि अधिकृत चन्द्रप्रकाश साउदको स्वागत मन्तव्य बाट सुरु भएको गाउँ सभा को सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खडकाले गर्नु भएको थियो ।
