सेनाले भूपू सैनिकको आत्मसम्मान बढाउने कोसिस गरिरहेको छ : प्रधानसेनापति शर्मा

तेजु ओली, डोटी
सेनाले स्वास्थ्य, शिक्षा, सीपमूलक र स्वरोजगारका कार्यक्रम पु¥याएर भूपू सैनिकको सामाजिक प्रतिष्ठा र आत्मसम्मान बढाउने कोसिस गरिरहेको प्रधानसेनापति प्रभुराम शर्माले बताउनुभयो । भूपू सैनिक सम्मेलन’ कार्यक्रमको क्रममा बुधवार दिपायल स्थित ५ नम्बर बाहिनी अड्डामा आयोजित कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । हिताधिकारीको सामाजिक प्रतिष्ठा एवं आत्मसम्मानमा जोड दिँदै आएको नेपाली सेना नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दु एवं राष्ट्रिय एकताको प्रतीकका रूपमा रहिआएको समेत बताउनु भयो ।

सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वय एवं संयोजकत्वमा पहिलो ‘सम्मेलनको दिपायलमा औपचारिक उद्घाटन गर्दै चैत १० गते धनगढीस्थित भवानी दल गणमा, सुर्खेतस्थित पश्चिम कमान्ड चैत २० र चैत २१ गते नेपालगन्जस्थित चार नम्बर बाहिनी अड्डामा चौथो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन २०७८’ हुने बताइएको छ । सम्मेलन क्रममा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्य उपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलियत दरमा चेक हस्तान्तरण गर्नु भएको थियो ।

Sayalb

लघुवित्तका सर्वोत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई नगद पुरस्कार, ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान तथा अशक्तलाई सम्मेलनमा ह्विलचियर प्रदान गरिएको थियो। सेनाका बहालवाला, भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहु आयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा रहेको बताउनु भयो। सम्मेलनलाई भूपू सैनिकले आफ्ना सहपाठीसँगको भेटघाट र औषधिमूलकका हिसाबले अभूतपूर्व जमघटका रूपमा लिने गरेको सहभागीले बताएका थिए।

सम्मेलनका क्रममा फरक फरक जिल्ला तथा क्षेत्रको संस्कृति झल्कने नाचगानसहितको झाँकी प्रस्तुत गरेको थियो । सम्मेलनको मुख्य उद्देश्य हिताधिकारीलाई कल्याणकारी कार्यबारे जानकारी दिने, गुनासा सुन्ने, अन्तर्क्रिया गरी राय–सुझाव सङ्कलन गर्ने र शिविरमार्फत स्वास्थ्योपचार सेवा उपलब्ध गराउनु हो ।

Shaileshwori
Loading...