
डोटी : त्रिवेणी मिडिया नेटवर्क डोटीको अध्यक्षमा मोहन शाही चयन भएका छन् । जिल्लाको दिपायलमा सम्पन्न संस्थाको छैठौँ अधिवेशनबाट शाहिको अध्यक्षतामा नौ सदस्यीय कार्य समिती सर्वसम्मतीबाट चयन गरिको हो ।

उपाध्यक्षमा निवर्तमान सचिव कर्ण चन्द, सचिवमा नरेश बलायर, सहसचिवमा प्रकाश बम, कोषाध्यक्षमा खड्कबिक्रम शाहि चयन भएका छन् । सदस्यहरुमा चक्र कुवर, कृष्ण मलासी, डिक बहादुर महरा र केशबचन्द्र महरा चयन भएका छन् ।
मंगलबार बाट सुरु भएको संस्थाको छैठौँ अधिवेशन बिहिवार सम्पन्न भएको हो ।
