
तेजु ओली, डोटी
हरेक व्यक्ति बाल्य जीवन बाट माथि उठ्ने भएकाले बालबालिकाको क्षेत्रमा संयमित भएर काम गर्न जिल्ला न्यायाधीश विदुर काफ्लेले आग्रह गर्नु भएको छ। नेपालको बाल न्याय प्रणाली र बाल सुधार गृहमा रहेका बालबालिकाहरूको सुधार तथा पुनर्स्थापनामा सरोकारवाला निकायहरूको भूमिका सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताउनु भएको छ ।

त्यसै गरी प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टले सरोकारवालाले न्याय, अनुसन्धान, सेवा सुविधा, शिक्षा, स्वास्थ्य तथा सहभागी लगायतका क्षेत्रमा जिम्मेवार भएर काम गर्नु पर्ने बताउनु भयो ।
जिल्ला बाल न्याय समिति डोटीको आयोजनामा र बाल न्याय समितिको सचिवालय र युनिसेफ नेपालको सहयोगमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शङ्कर विष्ट, बालशुधार कार्यालय डोटीका प्रमुख सानु माया लिम्बू, जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, पत्रकार लगायतको उपस्थित रहेको थियो।
