

लालबहादुर चदारा
चैत्र १०, अछाम
अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीलाई बिहीबार अछाम जिल्लाको दोस्रो वडाको रूपमा बाल मैत्री वडा घोषणा गरिएको छ । ठाँटीले बाल मैत्री स्थानीय शासनका ४१ वटा सूचक पुरा गरेपछि घोषणा गरिएको हो । ठाटिमा ५ सय ५५ घरधुरी ३ हजार २ सय १६ जनसङ्ख्या मध्य १ हजार ६ सय ५२ बालबालिकालाई प्राथमिकतामा राखी प्रशासनीय कार्यमा अग्रसरता देखाएको छ ।

बाल मैत्री स्थानीय शासन समिति अध्यक्ष केशरबहादुर शाहको अध्यक्षतामा भएको घोषणा सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अक्कल बहादुर रावल प्रमुख अतिथि रहेका थिए उनले घोषणा पछि बोल्दै मेल्लेख को वडा नम्बर ३ ठाँटीलाई विकासको मोडेलमा लिन खोजेको भन्दै धन्यवाद दिएका छन् । आफ्नो हात बाट हुने सहयोगका लागि मेल्लेख ३ ठाँटीलाई पहिलो प्राथमिकताका साथ प्रदेश सरकार बाट सहयोगका लागि पहल गरिने प्रतिबद्धता जनाएका छन् । यस्तै घोषणा सभाका विशिष्ट अतिथि जिल्ला समन्वय इकाई प्रमुख नर बहादुर कुवर र मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा रहेका थिए ।

घोषणा सभामा नेकपा माओबादि केन्द्रका केन्द्रीय सदस्य दीपक साउद प्रदेश कमिटी सदस्य तथा मेल्लेख इन्चार्ज भीम बहादुर बुढा सुवास, प्रदेश कमिटी सदस्य ईश्वरी थापा, नेकपा एमाले जिल्ला कमिटी सदस्य भीम खड्का, पूर्व जिविस सदस्य हेमराज शाह, माओवादी नेता बालाराम उपाध्याय, वडा नम्बर ६ का वडा अध्यक्ष नरपति रावल, अनेरास्ववियुका जिल्ला अध्यक्ष नरेन्द्र खड्का, वर्ल्ड भिजन इन्टरनेशनल अपरेसन डाइरेक्टर अनुप राना, आस्था नेपालका निर्मला रावल, सेवक नेपालका सेत बहादुर भुल, पिपल चौर माद्यामिक विद्यालयका प्र अ उपेन्द्र शाह, महिला कमला सिंह ठकुरी, दलित नेटवर्कका पुरन बिक, बाल सञ्जालका रोशन रावल लगायतले शुभकामना मनतब्य राखेका थिए ।

बाल मैत्री स्थानीय शासन घोषणा गर्नमा आस्था नेपाल वर्ल्ड भिजनले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो ।घोषणा सभाको सञ्चालन नरेन्द्र शाहले गरेका थिए । बाल मैत्री स्थानीय शासनको लागि हाल सम्म भएका प्रयास बारे प्रतिवेदन वडा सचिव गोविन्द रावलले प्रस्तुत गरेका थिए ।
