एमालेले आदर्श गाँउपालीकामा बृहत् आम सभा गर्‍यो

तेजु ओली, डोटी
नेपाल कम्युनिस्ट पार्टी एमालेले आदर्श गाँउपालीकामा बृहत् आम सभा गरेको छ । शुक्रवार आदर्श गाउँपालिकाको देहिमाण्डौंमा नेकपा एमाले र राष्ट्रिय जन सांस्कृतिक महासङ्घ डोटीको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित बृहत् आम सभा भएको हो । बृहत् आम सभामा नेता तथा कार्यकर्ताले भनाइ राखेका थिए ।
Sayalb
आगामी वैशाख ३० गते हुने चुनावलाई लिएर सबै जसो दलका नेता चुनावी प्रचारप्रसारमा होमिएका छन् । एमाले जिल्ला अध्यक्ष चक्र मल्लले उक्त सँभालाइ सम्बोधन गर्दै देश र जनताको हितका लागि लाग्ने पार्टी नेकपा एमाले रहेको बताए । केपी ओली नेतृत्वको विकास तथा नीतिगत कुरा सुनाउँदै फेरि पनि एमालेलाई नै जिताउनु पर्ने बताए ।
 पश्चिम चौकी आदर्शमा आयोजित कार्यक्रममा नेकपा एमालेका डोटी जिल्ला अध्यक्ष  चक्र मल्ल, उपाध्यक्ष मञ्जु  मलासी, सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल, जिल्ला समितिका सदस्य सहितका नेकपा एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
Shaileshwori
Loading...