राष्ट्रिय वाणिज्य बैङ्क दिपायलद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

तेजु ओली, डोटी
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड दिपायलको आयोजनामा ग्लोबल मनि वइक २०२२ (global money week 2022)  को वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । आफ्ना सेवाहरूलाई डिजिटल प्रविधिमय बनाउँदै सञ्जाल विस्तारमा समेत तीव्र ढङ्गले अघि बढेको राष्ट्रिय वाणिज्य बैङ्क दिपायल शाखाले सेती प्राविधिक शिक्षालयमा एक दिवसीय डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम गरेको हो ।

सेती प्राविधिक शिक्षालयका विभिन्न संकायका विद्यार्थी हरूलाई डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरता प्रदान गरिएको दिपायल शाखाका वरिष्ठ नगद सहायक मङ्गल राज अवस्थले जानकारी दिनुभयो ।

Sayalb

कार्यक्रममा सहभागी १ सय ६० जना भन्दा बढी बिध्यार्थीलाइ बचत, कर्जा, बैङ्किङ कारोवार, मुलुकको वित्तीय प्रणालीको बारेमा जानकारी प्रदान गर्न, वित्तीय ठगीबाट बचाउन, वित्तीय सेवाको उपयोगबाट लगानी, आय तथा रोजगारी बढाउन, सर्वसाधारण जनतामा वैंकिङ्ग बानीको विकास गर्न, बैंकिङ्ग कारोबार बारे जानकारी प्रदान गर्न, डिजिटल बैंकिंगको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, मोबाइल बैंकिङक लगायतका विषमा जानकारी मूलक प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागीबाट आएका प्रश्न तथा जिज्ञासाहरूको समेत जवाफ दिइएको थियो । घन्टौँ लाइनमा बसेर बैङ्कमा गई नगद रकम निकाल्नु पर्ने बाध्यताका साथै समयको बचतका लागि पनि डिजिटल बैंकिङ्गका सेवाहरूको महत्त्व बढेको कार्यक्रममा प्रस्ट्याइएको थियो ।

Shaileshwori
Loading...