डोटीको विकास माओवादीले मात्रै गर्छ मुख्यमन्त्री भट्ट

डोटी जिल्लाको विकास माओवादीले मात्र गर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आदर्श गाउँपालिकाद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताएका हुन । माओवादीबाट निर्वाचित जनप्रतिनिधीहरुले उत्कृष्ट काम गरेको प्रसङ्ग उल्लेख गर्दै माओवादी पार्टीले मात्र विकास हुन सक्ने मुख्यमन्त्री भट्टले दाबी गरे ।
माओवादीको नेतृत्वमा रहेको प्रदेश सरकारका नेतृत्वमा आएपछि डोटीमा निमार्ण भई रहेका दर्जनौँ महत्त्वपूर्ण विकास योजनाको नाम लिँदै मुख्यमन्त्री भट्टले मतदातासँग अपिल गर्दै भने ‘डोटीमा यस भन्दा पहिला विजयी भएका नेताहरूले के विकास गरे ? एक पटक सोध्नुहोस् अनि भोट कस्लाई दिने भनेर निक्यौँल गर्नुहोस् ।’


सायल आदर्श गाउँपालिकालाई जिल्ला सदरमुकाम जोड्ने योजना अन्तरगत सिलगढी–कलेना सडक पिच गर्ने काम भइरहेको छ, खप्तड जाने बाटो पिच भइरहेको छ, सहजपुर –बोगटान सडक जोडिएको छ यस्ता कयौँ योजना हामीले विकास गरेका छौँ ।’
जनताका बिचमा आएर चर्को भाषणलाई तपाईँले हाम्रो ठाउँमा गर्नु भएका महत्त्वपूर्ण विकासका योजना के गर्नु भयो ? भनेर प्रश्न गर्नका लागी जनता तयार हुन पर्ने मुख्यमन्त्री भट्टले बताए । सायल र आदर्श गाउँपालिकालाई मध्यनजर गरेर अर्को वर्षमा मौव्वामा निर्वाचन क्षेत्र स्तरीय अस्पताल निमार्ण गर्ने मुख्यमन्त्री भट्टले घोषणा गरेका छन् ।

