Before Header
After Navigation

सर्लाहीको फूलजोर खोला पुलबाट बस खस्यो, चारजनाको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोर खोला पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ। वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान करिब ११:१५ बजेतिर पुलबाट तल खसेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ।

Sagan sahari bhawan nirman aayojana

दुर्घटनामा परी ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए। उनका अनुसार घाइतेहरुको लालबन्दी र रानीगंजका स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।

मृतकहरुको पहिचान खुलिनसकेको डिएसपी बुढाथोकीले बताए। बसको अगाडिपट्टिको टायर पड्किएर अनियन्त्रित हुँदा पुलबाट खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

Shaileshwori
Loading...