Before Header
After Navigation

सायलको कौराडी टोलमा बिजुली पुग्यो

डोटी : सायलको कौराडी टोलमा बिजुली पुगेको छ । सायल गाउँपालिका वडा नम्बर १ छपालिको उक्त टोलमा आइतवार बिजुलीको उद्घाटन गरिएको हो ।

Sagan sahari bhawan nirman aayojana

छपालिका वडा अध्यक्ष हिरा थापाको प्रमुख आतिथ्ययतामा जनप्रतिनिधि, कर्मचारी, नेपाल बिद्युत् प्राधिकरण दिपायल वितरण केन्द्रका इन्चार्ज शेर बहादुर कठायत, जिसस सदस्य सगराम नेपाली, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य प्रकाश देउवा, स्थानीय हर्क बहादुर खड्का लगायतको उपस्थितिमा ट्रान्सफर्मरमा बत्ती बालेर उद्घाटन गरिएको हो ।

उक्त टोलमा बिद्युत् बाल्नमा सायल गाउँपालिका र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र डोटीको विशेष पहल रहेको तेजबहादुर डुम्रेल बताए । अब छिट्टै सायलका अन्य ठाउँहरूमा पनि बिद्युत् विस्तार गरिने उनले बताए ।

Shaileshwori
Loading...