Before Header
After Navigation

मेल्लेखको जनता माबिको ३ तले १२ कोठे पक्की भवनको शिलान्यास

लाल बहादुर चदारा
अछाम जिल्ला को मेल्लेख गाउँपालिका वडा न५ बिन्धेबासनि मा रहेको जनता नमुना मा बि को ३ तले १२ कोठे पक्की भवनको  आज शिलान्यास गरिएको छ । शिलान्यास मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले गर्नुभएको  हो । बोहराले शिलान्यास पछि बोल्दै  जनता मा बि  मेल्लेख गाउँपालिका को उच्चतम विद्यालय रहेको ले अब विद्यालय ले शैक्षिक अभाव पूर्वदार विकास लगायतका समस्या झेलिरहनु नपर्ने बताएका  छन् ।
Sagan sahari bhawan nirman aayojana
जनता मा बि लाई नमुना विद्यालय को रूपमा विकास गर्न सबै  पक्षले सहयोग गर्नुपर्ने बताएका छन् साथै  नमुना विद्यालय व्यवस्थापन निर्देशिका अनुसार काम अगाडि बढाउन पनि ठेक्कादार लाई आग्रह गर्नु भएको छ । जनता मा बि नमुना विद्यालय को लागि छनोटमा परेको छ । विद्यालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र को  सहयोगमा १ करोड ४५ लाख को लगानीमा  भवन बन्ने भएको छ । सो विद्यालय को सि बि आर एण्ड बि एन जेबी कम्पनी ले निर्माण कार्य को जिम्मा लिएको छ ।
सिलान्यस कार्यक्रममा  वडा न ५ का वडा अध्यक्ष रमेश  खडका   मेल्लेख शिक्षा शाखा प्रमुख वीरेन्द्र खड्का इन्जिनियर खडक धामी प्राविधिक शिव खड्का  माओवादी नेता अर्जुन धामी वीर बहादुर साउद नेकपा एमाले का नेता चन्द्र साउद जनक खड्का  नेपाली काँग्रेसका  नेता पदम खड्का मोती सिंह साउद  युवा नेता प्रकाश अधिकारी विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीर्घ खड्का विद्यालय का  प्रअ नृप बहादुर बिक  सो विद्यालय व्यवस्थापन समिति  सदस्य  मीन रोकाय,   लगायतको  सहभागिता रहेको थियो ।
Shaileshwori
Loading...