
डोटी : नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति डोटीले सङ्घीय निजामती ऐन लागु गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ । डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी शङ्कर विष्ट मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई युनियनका जिल्ला कार्यसमिति डोटी अध्यक्ष लाल बहादुर बोगटीले ज्ञापन पत्र बुझाएका हुन् ।

सरकारद्धारा सार्वजनिक प्रशासनका विश्वव्यापी आधारभूत मूल्य मान्यता एवं कानुनका सर्वमान्य सिद्धान्त समेतलाई मनन गरी नेपाल निजामती कर्मचारी युनियनबाट विभिन्न मिति तथा समयमा पेस भएका सुझावहरूलाई समेटेर याथासिघ्र सङ्घीय निजामती ऐन लागु गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

