
तेजु ओली, डोटी
समाज अझै छुवाछुत व्याप्त भयको हुँदा पैरवी अभियान सञ्चालन गर्न जरुरी रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । दलित महिला समूह र सञ्जालका सदस्यहरूका लागि विभेद विरुद्ध कानुन तथा अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरूले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कानुन र उजुरी प्रक्रिया बारे सिकाई भएको बताउँदै उक्त कुरा बताएका हुन् ।

दलित महिला सङ्घ फेडो डोटीद्वारा सञ्चालित कार्यक्रम दलित महिलाको विकास र सामाजिक न्यायका लागि शासन सुदृढीकरण परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । सरोकारवाला महिलाहरूको सहभागितामा जिल्ला सदरमुकाम सिलगढीमा आयोजित कार्यक्रमकाको अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मी वादीको रहेको थियो ।
कार्यक्रममा बोल्दै उनले दलित परिवार पहिलेको दाँजोमा धेरै परिवर्तन भएको बताउँदै थप दलित महिलालाई सशक्त रूपमा नेतृत्व तह, निर्णय गर्ने तह र उनीहरूको आर्थिक स्तर उन्नति उकास्न तिर लाग्नु पर्ने बताइन् । कार्यक्रम कि सहभागी सृजना देवलले संस्थाले काम गरेपछि आफूहरूमा बोल्ने क्षमताको विकास भएको र अन्यायमा परेमा लिनुपर्ने कानुनी प्रक्रिया बुझेको बताइन ।
