आदर्श गाँउपालीका-६ बासी अन्धकारमा बस्न बाध्य

तेजु ओली, डोटी
स्थानीय जलविद्युत् अवरुद्ध हुँदा आदर्श गाँउपालीका वडा नम्बर ६ बासी अन्धकारमा बस्न बाध्य भएका छन् । साइलिगाड नदी बाट निकालिएको स्थानीय जलविद्युत् आयोजनाबाट वडाका एक सय भन्दा बढी घरधुरी लाभान्वित थिए । गत असोज अन्तिम साता परेको बेमौसमी वर्षाका कारण उक्त आयोजनामा क्षति पुगेपछि मर्मत नगरिँदा स्थानीयले अन्धकारमा बस्नु परेको हो ।
आयोजनाको कुलो बाढीले बगाएको स्थानीयको भनाइ छ । जिल्लाकै दुर्गम मानिने उक्त वडामा राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । स्थानीय जलविद्युत् अवरुद्ध भएपछि लामो समय अन्धकारमा बसेका स्थानीय आयोजनाको मर्मत हुने छाटकाट नभएपछि महँगो मूल्यमा सौर्य बत्ती सोलार किन्न बाध्य भएको स्थानीय देबा देवी ओलीको बताइन् । यसबारेमा स्थानीयले चासो राखे पनि जनप्रतिनिधिले समस्या नदेखेझैँ गरेको स्थानीयको गुनासो छ ।
Sayalb
Shaileshwori
Loading...