Before Header
After Navigation

माओवादी केन्द्र पुर्विचौकीको बिस्तारित बैठक सम्पन्न

मोहन ठकुल्ला, डोटी  

नेकपा (माओवादी केन्द्र) पुर्वीचौकी गाउँपालिका कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । आगामी बैसाकमा हुने स्थानिय निर्वाचनलाई लक्षित गर्दै सम्पन्न भएको विस्तारित बैठक उक्त पार्टीका केन्द्रीय सदस्य तथा डोटी ईन्चार्ज शिव सिँ ओलीको प्रमुख आतिथ्यता र पुर्विचौकी गाउपालिका कमिटी अध्यक्ष हरिष कुँबरको अध्यक्षतामा सम्पन्न भएको उक्त पार्टीले जनाएको छ ।

Sagan sahari bhawan nirman aayojana

पुर्विचौकी गाउपालिकामा जितको झण्डा फरफरउनका लागि गाउपालिका भरि नै जनपरिचालन गर्ने, वडा कमिटी टोल कमिटी परिचालन गर्ने, पार्टीले सम्पन्न गरेका कार्यहरुका बारेमा आम जनतालाई जानकारी दिने लगायतका निर्णयहरु भएको उक्त पार्टीले जनाएको छ ।

उक्त बैठकमा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सह सचिव केशव नाथ योगी र जिल्ला समन्वय समिति संयोजक कमल गडसिलाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

 

Shaileshwori
Loading...