दिपायल सिलगढी नगरपालिका वडा वडामा गएर अपाङ्गता परिचय पत्र दिँदै

तेजु ओली, डोटी
दिपायल सिलगढी नगरपालिकाले वडा वडामा गएर अपाङ्गता परिचय पत्र दिन थालेपछि स्थानीयलाई राहत भएको छ । सङ्घीयताले नागरिकलाई उपहारको रूपमा दिएको स्थानीय सरकारका जनप्रतिनिधि निर्वाचित भएपछि अपाङ्गता परिचय–पत्र आफ्नै वडा कार्यालयमा पाउँदा सहज भएको स्थानीय जुनकिरी साउदले बताउनु भयो।

अपाङ्गता भएका व्यक्तिहरू तथा अभिबाक गाउँमै परिचय पत्र पाए पछि खुसी भएका हुन् । आज शारीरिक र मानसिक रूपमा अशक्त भएका ९ नम्बर वडाका ५ जनालाई परिचय पत्र दिएको वडा अध्यक्ष धर्म साउदले बताउनुभयो।

Sayalb

उपप्रमुख संयोजक हुने स्थानीय अपाङ्गता समन्वय समितिले आयोजना गरेको घुम्ती शिविरमा कार्यालयमा गएर नसक्ने अशक्तहरूलाई उनीहरूको घरघरमै गएर परिचय पत्र वितरण गरेको दिपायल सिलगढी नगरपालिका उपप्रमुख शिव राज खड्काले बताउनुभयो।

अपाङ्गता परिचय पत्र वितरण समन्वय समिति संयोजक तथा दिपायल सिलगढी नगरपालिका उपप्रमुख शिवराज खड्का, वडा नम्बर ९ का वडाध्यक्ष धर्म साउद, नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा निमित्त कार्यालय प्रमुख शङ्कर सुचिकार, महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बु, मेडिकल अधिकृत सम्रक सिंह लगायतको टोलीले वडामा गएर वितरण गरेको हो ।

Shaileshwori
Loading...