
डोटी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक्लै चुनाव लड्न सक्षम रहेको केन्द्रीय सदस्य तथा डोटी जिल्ला इन्चार्ज शिव सिंह ओलीले बताए । त्रिवेणी एफ.एम.सँग कुरा गर्दै ओलीले भने ‘ हामी एक्लै लडेर चुनाव जित्न सक्छौँ, पार्टीको केन्द्रीय नीति भएकोले गठबन्धन गर्नेमा हाम्रो सहमति छ। केही दलहरूले माओवादी गठबन्धन नगरी जित्दैन भन्ने कुरामा कुनै सत्यता छैन ।’
माओवादी जनताको लोकप्रिय पार्टी बन्दै गएको (माओवादी केन्द्र) डोटीका इन्चार्ज शिव सिंह ओली बताउनु भएको छ । जनताको आसा र भरोसाको पार्टी माओवादी भएकोले हरेक गाउँमा लोकप्रियता बढ्दै गएको उहाँले बताउनु भयो । देश र जनताको हित हुने हेतुले राष्ट्रिय राजनीतिलाई ध्यानमा राखेर माओवादी केन्द्रले गठबन्धन गरेकोले २०७४ सालको चुनाव भन्दा तिन गुणा बढी नतिजा निकाल्ने अपेक्षा रहेको कार्यक्रम तरङ्गमा बोल्दै इन्चार्ज ओलीले बताउनु भयो । सुदुरपश्चिम प्रदेस सरकारले जनताको लागी आवश्यक पर्ने महत्त्वपूर्ण योजना जनताको स्वास्थ्य, सुरक्षा लगायतका क्षेत्रमा काम गरेकोले आगामी चुनावमा आम जनताले माओवादी केन्द्रलाई सहयोग गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनु भयो ।

केही पार्टीका नेताले जनतालाई मूर्ख बनाउनको लागी चुनावलाई लक्षित गरी प्रलोभनमा पार्नको लागी कम्बल, चामल लगायतका स–साना योजना स्वार्थका लागी बाढिरहेकोले कसैले पनि यस्ता सक्तीबाट बच्न उहाँले आग्रह गर्नु भयो । सङ्घीयता मार्फत सिंह दरवारको अधिकार जनताको घरदैलोमा पुर्याउने एजेन्डा नेकपा माओवादीको रहेकाले जनताको हक अधिकार स्थापना गर्नको लागी विकास निर्माणका कार्यहरूमा स्वच्छ र पारदर्शी लान, लगायतका पक्षमा माओवादी केन्द्रको सरकारले मात्रै काम गर्ने भएकाले आगामी चुनावमा जनताले माओवादी केन्द्रलाई जिताउनु पर्ने इन्चार्ज ओलीले बताउनु भयो ।
माओवादी केन्द्रले एक्लै पनि चुनाव लड्ने सक्ने र आवश्यकता अनुसार राष्ट्रिय राजनीतिको निर्देशन बमोजिम सबै क्षेत्रमा आगामी चुनावमा तालमेल गरेर अगाडी बढ्ने उहाँले बताउनु भयो ।
